२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रदेश ५ को भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय नेपाली अलपत्र

बुटवल,
३ जेठ । स्वदेश फर्किन पाउने प्रतीक्षामा प्रदेश ५ का जिल्लाको भारतसँगको सीमावर्ती क्षेत्रमा १६ सय जना नेपाली रहेको प्रमुख जिल्ला अधिकारीहरुले दावी गरेका छन् ।

यो संख्या ६ जिल्लाका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेका नेपालीको आधिकारिक तथ्यांक हो । लकडाउनकै बीच भारतले रेल सेवा शुरु गरिसकेकाले घर फर्कने क्रममा सीमा क्षेत्रमा आइपुगेका नेपालीको संख्या दिनहुँ बढेको भए पनि यकीन तथ्यांक आफूहरुसंग नभएको सम्बन्धित जिल्लाका अधिकारीहरुको भनाइ छ ।

स्वदेश फर्कने पखाईमा बसेका नेपालीहरु सीमा नाकामा असुरक्षित र कष्टपूर्ण ढंगले दिन बिताउन वाध्य छन् । कतिपय नाकामा अलपत्र नेपालीले राम्रोसंग खाना र शुद्ध पानी पिउन समेत पाउन छाडेका छन् । कैंयौं नेपालीहरु बेखर्ची हुन थालेका कतिपय विरामी पर्न थालेका छन् । सीमामा अलपत्र पर्नेमा बृद्ध–बृद्धा, बालबालिका र सुत्केरी पनि छन् । नेपालीलाई भारतीय पक्षले सीमा क्षेत्रसम्म ल्याएर छाडिदिने गरेको खबर अनलाइन खबरमा प्रकाशित छ।