२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

जमुनाहा नाका आजदेखि पूर्ण रूपमा सिल

बाँके, 
३ जेठ । पश्चिम नेपालको एक प्रमुख सीमा नाका जमुनाहा नाका शनिबार बिहानैदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

बाँके जिल्लाका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले शनिबार बिहानैदेखि बाँकेस्थित जमुना नाकाबाट आवातजावत पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए। गृहमन्त्रालयको आदेश अनुसार नाका पूर्ण रूपमा सिल गरिएको एसपी ओलीले बताए।

तर उनले सीमा नाकामा नेपालीहरू आएर बसेको देखिएको जानकारी दिए। ‘भारतबाट आएका मानिसहरू सीमा पारी बसिरहेका देखिएका छन्,’एसपीले ओलीले भने, ‘माथिको आदेश आएमात्रै उनीहरूलाई प्रवेश गराउन सकिन्छ।’