बबई,
३ जेठ । नेपाल टेलिकमको बंबई गाउँपालिका वडा नं. ३ हंसपुर पतेरीमा अवस्थित टावरले बेलुका ६ः३० बजे पछि र बिहान ८ः३० बजे भन्दा पहिला काम गर्दैन।
करिब १० दिनदेखी बेलुका सुर्यास्त भएपछि विहान करिब ८ः३० बजेसम्म उक्त पुरन्धारा टावरले आफ्नो कभरेज क्षेत्रमा काम गर्न छाडेको छ ।
टावरले काम गर्न छाडेपछि स्थानीय वासिन्दा फोन र ईन्टरनेटको सुविधाबाट बञ्चित त भएका छन नै, लकडाउन को समयमा मानिसहरु घरमै बसेर फोन र ईन्टरनेट मार्फत विभिन्न सूचना तथा सचेतनाका उपाय तथा जानकारी प्राप्त गर्न महत्वपुर्ण माध्यम मानिने सञ्चारबाट समेत बञ्चित भई प्रताडित भएका छन।
उक्त समस्याका बारेमा स्थानीय सरकार र जनप्रतिनिधिसंग कुरा गर्दा सो समस्याको समाधान गरिदिनुहुन सम्बन्धित निकायमा लिखित रुपमै सिफारिस साथ आग्रह गरिसकिएको तर हालसम्म समाधान नभएको जानकारी बंबई गाउँपालिका वडा नं २ का वडाध्यक्षले बताउए ।