२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

शारिरिक र मानसिक स्फुर्तीका लागि आयुर्वेदिक औषधि

तिर्थराज ज्ञवाली,
देउखुरी ४ जेठ । राप्ती गाउँपालिकाको तीन क्वारेन्टाईनमा बसेका नागरिकलाई राप्ती आयुर्बेदिक चिकित्सालयको तर्फवाट शक्त्ति प्रबद्धक आयुर्वेदिक औषधी उपलब्ध गराईएको छ ।

पछिल्लो समय कोरोना संक्रमण भयावह बन्दै गएपछि भारतबाट घर फर्कने क्रममा क्वारेन्टाईनमा बसेका २१ जनालाई शारिरिक तथा मानसिक स्फुर्तीका लागि चिकित्सालयले चुर्ण प्रदान गरेको हो । क्वारेन्टाईनमा बसेकालाई आयुर्वेदिक औषधी प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरोना रोगको औषधी नभै शरिरमा शक्त्ति प्रदान गर्ने औषधीय चुर्ण भएको डाक्टर मदन कुमार विसीले बताए। गुडुची चुर्ण लहरे गुर्जो, अस्वगन्धा, मलको चुर्णको सेवनले शरिरमा शक्त्ति आउने र जसले विभिन्न रोगबाट बच्न सहयोग पुग्ने समेत आयुर्वेदिक औषधि प्रदान गर्दै कविराज कैलाश न्यौपानेले बताए ।

राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानिय जडिबुटिको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाईनमा बसेकाको शारिरिक तथा मानसिक स्फुर्तिका लागि राप्ती आयुर्बेदिक चिकित्सालय तुलसीपुरले औषधीसहित डाक्टरहरुको परामर्श टोली राप्तीका क्वारेन्टाईनमा पठाएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिएका छन् ।

डाक्टर मदन कुमार विसी, कविराज कैलाश न्यौपाने, स्वास्थ्य संयोजक नारायण राउत, संञ्चार संयोजक तिर्थराज ज्ञवाली तथा कर्मचारी दल बहादुर बस्नेत सहितको टोलिले औषधी प्रदान गर्नुको साथै क्वारेन्टाईनमा बसेकाहरुसंग दुरी कायम गरी भावनात्मक कुराकानी समेत गरेको थियो ।