२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

शान्तिनगर र दंगिशरणका स्वास्थ्यकर्मीलाई पीपीई सहयोग

शान्तिनगर, 
४ जेठ । समाजमा वातावरणीय शिक्षाको विकास (सीड) र आइएम नेपालको सहकार्यमा आज आईतबार दाङका शान्तिनगर र दंगीशरण गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई पीपीई सहयोग गरिएको छ ।

शान्तिनगर गाउँपालिकामा २ वटा थर्मल गन, ८ सेट पीपीइ, २२ प्याकेट मेडिकल मास्क, २१ वक्स ग्लोब्स र दंगीशरण गाउँपालिकामा ७ सेट पीपीई, ४० प्याकेट मेडिकल मास्क, ४२ थान मेडिकल ग्लोब्स उपलब्ध गराईएको हो । दुवै गाउँपालिकामा करिब एक/एक लाखका सामग्री सहयोग गरिएको सीडका कार्यकारी निर्देशक भागीराम चौधरीले जानकारी दिए ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र स्वास्थ्य संयोजक दशरथ गिरी तथा शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनलाई उक्त सामग्री हस्तान्तरण गरिएको सीडका कार्यक्रम संयोजक माधव चौधरीले बताए । सामाजिक दुरी कायम गरेर उक्त सामग्री सहयोग गरिएको हो ।

यस्तै सीडले दंगीशरणका ५० र शान्तिनगरका ५० घर परिवारलाई लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएकाहरुलाई राहत उपलब्ध गराएको छ। उनीहरुलाई चामल, दाल, नुन, तेल सहयोग गरिएको हो ।