२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाङका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

शरद रेग्मी,
घोराही ४ जेठ । दाङका ट्राफिक प्रहरीहरुलाई विभिन्न संस्थाहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

सोनापुर सिमेन्ट उद्योग, लायन्स क्लब, तुलसीपुर उद्योेग बाणिज्य सघं लगाएतका विभिन्न निकायहरुले दाङ ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सुरक्षाका लागि आबस्यक सामाग्रीहरु उपलब्ध गराएका हुन् ।

जिल्लामा रहेका ७५ जना ट्राफिक प्रहरीलाई मास्क, पन्जा र सेनिटाईजर लगाएका सामाग्रीहरु ट्राफिक प्रहरी प्रमुखलाई हस्तान्तरण गरिएको हो । ट्राफिक प्रहरी प्रमुख प्रेमप्रसाद रेग्मीले आफु मातहतका विभिन्न स्थानमा खटिएका प्रहरीहरुलाई उक्त सामाग्रीहरु वितरण गरेका हुन् ।