२०७७ कार्तिक ९ गते आइतवार
२०७७ कार्तिक ९ गते आइतवार

बाँकेका २५ बर्षीय युवाको पनि कोरोनाबाट मृत्यु भएको पुष्टि

बाँके,
४ जेठ । बाँकेको क्वारेन्टिनमाआज आइतवार विहान मृत्यु भएका २५ बर्षीय युवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

उनका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६ः४० बजे उनको मृत्यु भएको हो ।