२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

शान्तिनगरको २ नम्बर वडा पनि भोलिदेखि सिल गरिने

शान्तिनगर, 
४ जेठ । दाङ शान्तिनगर गाउँपालिका वडा नं २ लाई पनि भोलि सोमबारदेखि सिल गरिने भएको छ ।

छिमेकी जिल्लाहरु र दाङ जिल्लामा समेत कोरोना संक्रमणका बिरामी बढेपछि सबै खाले आवागमन बन्द गर्दै शान्तिनगर गाउँपालिका वडा नम्बर २ लाई सिल गर्न लागिएको वडा नम्बर २ का वडा अध्यक्ष फर्साराम डाँगीले जानकारी दिएका छन् ।

साना सवारी साधन अटो तथा मोटरसाइकलहको आवाजजावत बढ्दै गएको र बाहिरी जिल्लाबाट पनि मानिसहरु आउने क्रम नरोकिएको भन्दै वडा समितिको निर्णयअनुसार सो निर्णय गरिएको अध्यक्ष तिवारीले बताए ।

यस अघि शान्तिनगर कै वडा नम्बर ३ पनि आजबाट सिल गरिइसकेको छ ।