२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घोराहीबाट सालको अवैध चिरान काठ बरामद

दाङ,  
४ जेठ । डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यूफिट भन्दा बढी चिरान काठ बरामद गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।

कडाउनको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ति टोलीले बरामद गरेको हो । भौगोलिक दृष्टीले घोराही उपमहानगरपालिकाको बिकट क्षेत्रका रुपमा लिइने हात्तीखर्कमा बरामद गरिएको काठलाई डिभिजन वन कार्यालय दाङमा ल्याउने काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

‘काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति लिएको छैन र काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन’— घटनास्थलमा रहेका सहायक वन अधिकृत चौधरीले भने– ‘लकडाउनको मौका छोपि बिक्रि गर्ने उद्देश्यले काटिएको हुन सक्छ ।’ गस्ति टोली आउदै गरेको सूचना पाएपछि घरधनी बुढा भागेको कार्यालयले जनाएको छ ।