२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

भारतमा लकडाउन २ साता थप, मे ३१ सम्म लकडाउन जारी

काठमाडौं, 
४ जेठ। भारतले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको लकडाउन मे ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ । भारतले चौथो चरणमा मे ३१ सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढेसँगै भारतले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै मुलुकमा लकडाउन बढ्ने घोषणा गरे पनि त्यहाँको डिजास्टर म्यानेजमेन्ट अथोरिटी (एनडीएम) ले लकडाउन मे ३१ सम्म लम्ब्याउन निर्देशन दिएको हो ।

यससँगै भारतको गृह मन्त्रालयले पनि यो चरणको लकडाउनको लागि दिशानिर्देश पनि जारी गरेको छ । जसअनुसार मे ३१ सम्म सबै घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द रहने उल्लेख छ । साथै मेट्रो रेल सेवा पनि बन्द रहने र बेलुकाको ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू जारी रहने बताइएको छ ।

भारतमा अहिलेसम्म ९० हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दुई हजार आठ सय ७२ जनाको मृत्यु भएको छ ।

स्रोत  :बीबीसी