२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

रौतहट र बारामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौ,
५ जेठ । नेपालमा थप नौ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार बिहान अध्यावधिक गरेको विवरणअनुसार रौतहट र बाराका थप ९ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको मन्त्रालयले जनाएको छ। अधिकारीका अनुसार रौतहट, इशनाथ नगरपालिका २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९, ३० वर्षीय पुरुषहरू र रौतहट माधवनारायण नगरपालिका–३ निवासी २८ वर्षीया महिला रहेका छन्।

त्यसैगरी बारा, करैयामाई–५ का ३८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।