२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पानी भर्न गएकी बालिका भेरी नदीमा बेपत्ता

सल्यान, 
५ जेठ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ घाटगाउँकी १० वर्षीया लक्ष्मी विक भेरी नदीमा बेपत्ता भएकी छिन ।

हिजो साँझ ७ वजेतिर पानी भर्न गएकी बालिका नदीमा डुवेर वेपत्ता भएकी प्रहरीले जनाएको छ । भेरी नदीमा वेलुकी ७ वजेको समयमा साथीहरूसँग पानी ल्याउन गएको समयमा नदीले बगाएको थियो ।

भेरी धमिलो र समय राति भएकोले खोजी गर्न नसकिएको र आज विहानै देखि खोजी भइरहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

भेरी किनारमा रहेकाहरु वर्षेनी नदीमा पानी भर्न र नुहाउन जानेहरुलाई नदीले बगाएर ज्यान जाने गरेको छ ।