२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

गढवामा २ जना संक्रमित भेटिएपछि स्वाब संकलन तिब्र

गढवा, 
५ जेठ । दाङको गढवा गाउँपालिकामा दुई जना कोरोना संक्रमित भेटिएपछि आज सोमबार गाउँपालिकाको क्‍वारेन्टाइनमा रहेका ११ जनाको स्वाब संकलन गरिएको छ ।

स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाननमा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले बताए । भारतबाट आएका दुई जनामा शुक्रबार क्‍वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएको थियो ।

भारतबाट आउने मानिसहरूको संख्या बढेपछि १ सय शैयाको क्‍वारेन्टाइन बनाउन थालेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।