२०७७ माघ ७ गते बुधवार
२०७७ माघ ७ गते बुधवार

दाङमा थप १ जनासहित देशभर संक्रमितको संख्या ३५७ पुग्यो

दाङ, 
५ जेठ । दाङमा कोरोनाका एक जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङमा थप एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो । साथै सोमबार मात्रै प्रदेश नं. ५ मा ४९ जना नयाँ संक्रमित फेला परेका छन् । बाँकेमा ४७, दाङ र गुल्मीमा एक/एक जनामा कोरोना संक्रमण भेटिएको हो ।

त्यस्तै मोरङ, धनुषा, रौतहट, र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै देशभर ५३ जना नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।