२०७७ कार्तिक १० गते सोमवार
२०७७ कार्तिक १० गते सोमवार

पूर्वमन्त्री बस्नेतद्वारा कोरोनाबाट आमा गुमाएका शिशुलाई सहयोग

काठमाडौं,
५ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पतालबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए ।

त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्क रूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए ।