२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

कोरोना संक्रमित भेटिएपछि बुटवलको क्रिमसन अस्पताल सिल

बुटवल, 
५ जेठ । कोरोना संक्रमित भेटिएपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अपस्पताल सिल गरिएको छ ।

उक्त अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका वडा २ का नं. ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । अन्यमा संक्रमण फैलिन नदिनका लागि अस्पताल सिल गरिएको अस्पतालका निर्देशक डा. शंकर पोखरेलले बताएका छन् ।

अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन ।

अन्य रोगका विरामिहरुलाई निकालिएको छ भने कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ ।

उनी जेठ १ गते जण्डिस रोगको उपचारका लागि गुल्मिबाट बुटवल आएका थिए ।