बाँके,
५ जेठ । बाँकेको नरैनापुर गाँउपालिकालाई पूर्ण रुपमा सिल गरीएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि नरैनापुर गाँउपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।
सोमबार मात्र त्यस क्षेत्रमा ४७ जना कोरोना भाईरस संक्रमित भेटिएका थिए । नरैनापुरमा हालसम्म ५६ जना संक्रमित भेटिएका छन भने एक जना संक्रमितको मृत्यु समेत भईसकेको छ । नरैनापुरलाई रेड जोन घोषणा गरी अनिश्चितकालसम्म सिल गर्ने निर्णय गरीएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायद्धारा जारी गरीएको सूचनामा उल्लेख गरीएको छ ।