२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

दाङमा लकडाउन थप कडा, ३०० जना बढी होल्डमा

दाङ, 
६ जेठ । दाङ प्रहरीले लकडाउनमा थप कडाई गरेको छ । जिल्लाका विभिन्न ठाउँ सहित राजमार्गमा समेत कडाई गरिएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।

तुलसीपुर, घोराही र लमहीमा बिहानै लकडाउन उल्लघंन गर्नेहरुलाई होल्डमा राखेर कोरोना महामारीबाट बच्ने उपाएका बारेमा प्रशिक्षण दिईएको छ । त्यस्तै तुलसीपुरमा बिहानैदेखि अनावश्यक रुपमा सडकमा हिँड्डुल गर्ने ३०० बढी सर्वसाधारणहरुलाई २ घण्टा होल्डमा राखेर प्रशिक्षण दिएर घर पठाईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक एवं प्रवक्ता चक्रडमर पालले बताए ।

तुलसीपुरको बिरेन्द्र चौक, बिपि चौक, बाहिनी चोक र बसपार्क लगायतका क्षेत्रमा लकडाउन उल्लंघन गरेको भन्दै सर्बसाधारणहरुलाई होल्डमा राखिएको थियो । त्यस्तै सांझ र बिहानको समयमा विभिन्न बाहाना गर्दै घर बाहिर निस्केको पाईएमा कडा भन्दा कडा कार्बाही गरिने समेत पालले बताए ।