२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

उपचाररत गुल्मीका सङ्क्रमितको स्वास्थ्य जटिल बन्दै

बुटवल, 
६ जेठ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना सङ्क्रमितको स्वास्थ्यावस्था चिन्ताजनक रहेको छ । उनलाई बचाउन सकिने अवस्थामा नरहेको एक डाक्टरले बताएका छन् ।

मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको तर स्वास्थ्यमा सुधार नभएको उनले बताए । एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते अस्पताल आउनुभएका उनलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसर लगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो ।

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न प्रदेश प्रयोगशालामा स्वाब पठाएकोमा कोरोना सङ्क्रमण देखिएको हो । मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।