२०७८ बैशाख २ गते बिहिवार
२०७८ बैशाख २ गते बिहिवार

शान्तिनगरले नयाँ विकासका योजना सुरु नगर्ने

शान्तिनगर, 
६ जेठ । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले नयाँ विकास निर्माणका लागि सम्झौता नगर्ने भएको छ । गाउँपालिकाको जेठ ५ गते बसेको बैठक पछि सञ्चालनमा आएका योजनाहरु जारी राख्ने त नयाँ योजनाहरु निर्माणको काम अघि नबढाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम बढेसंगै नयाँ विकास निर्माणका योजनाहरु सम्झौता नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले बताएका छन् ।