काठमाडौं,
६ जेठ । सरकारले प्रदेश नं. पाँच र दुइमा चिकित्सको टोली पठाउने भएको छ । अति कोरोना प्रभावित क्षेत्रमा १०/१० जनाको चिकित्सक टोली प्रदेश पाँच र दुइमा पठाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार प्रदेश ५ र २ का पनि कोरोनाले अति प्रभावित जिल्लामा चिकित्सको टोली खटिनेछ । जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न चिकित्सकको टोली आउन लागेको हो ।
हाल प्रदेश ५ मा सवैभन्दा धेरै १७६ र प्रदेश २ मा १३६ संक्रमित छन ।