दाङ,
६ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश ५ का विभिन्न जिल्लामा रहेका कोरोना संक्रमितहरुलाई ल्याएर उपचार गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजैको निर्देशन अनुसार प्रतिष्ठानलाई कोरोना संक्रमितहरुको उपचार केन्द्रको रुपमा विकास गरिएको हो । यसअघि नै प्रतिष्ठानमा आइसोलेशन बेड तयार गरिएको र कोरोनाको पनि पिसिआर विधिबाट परिक्षण भइरहेको प्रतिष्ठानमा अव संक्रमितहरुलाई ल्याएर उपचार गरिन थालिएको हो ।
अस्पतालमा कारोना संक्रमितहरुको उपचार हुने भएपछि प्रतिष्ठानले अबदेखि बहिरंग र अन्तरंग सेवा बन्द गरेको जनाएको छ । सेवा बन्द भएपछि पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमा माग्दै उक्त सेवाका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलगायत अन्य सार्वजनिक अस्पतालमा जानका लागि अपिल गरेको छ ।
प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले आज विज्ञप्ति निकालेर यस्तो जानकारी दिनुभएको हो
फोटो : तुलसीपुर अनलाइन