२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

रोल्पाका मृतक युवासहित १ सय ४ जनाको रिपोर्ट नेगेटिभ

दाङ,
६ जेठ । जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा हिजो बेलुकी मृत्यु भएका रोल्पाका युवाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको पिसिआर परीक्षणमा रोल्पाका युवासहित दाङ, प्यूठान लगाएका जिल्लाहरुका कुल १०४ जनाको रिपोर्ट नेगेटिभ आएको आएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन् ।

हालसम्म प्रतिष्ठानमा ७१७ नमुना संकलन गरिएको र ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ । ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र २ जनाको पोजेटिभ आएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । मंगलवार प्रतिष्ठानमा ३२ वटा नमुना प्रक्रियामा रहेको जानकारी दिइएको छ ।