२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

चलचित्र पत्रकारिता दिवसमा रक्तदान

पूर्ण केसी, 
दाङ ७ जेठ । चलचित्र पत्रकार संघ नेपाल जिल्ला शाखा दाङले आज चलचित्र पत्रकारीता दिवस एवम् संघको २१औं स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाएको छ ।

लकडाउन र कोरोना महामारीमा यो संकटको घडिमा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गर्दै संघको आयोजनामा आज तुलसीपुरको ब्लड बैंकमा संघका पदाधिकारी, पत्रकार तथा तुलसीपुरकै अर्को सकृय ग्रुप दार्री ग्याङका सदस्यहरु गरी १८ जनाको सहभागीता रहेको थियो ।

रक्तदान गर्नेहरुमा चलचित्र पत्रकार संघ नेपाल दाङका सदस्यहरु राजेश खत्री, भुपेस वलि, संघका सल्लाहकार चेतन रेग्मी रहेका थिए । यस्तै पत्रकार तर्फ रक्तदान गर्नेमा अन्जना चौधरी, झग्गु भन्डारी, एचआर मगर रहेका थिए ।

त्रिसिद्धेस्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमाल, व्यवसायी राजेन्द्र महतरा, ढुन्डीराज ओली, निर्मल खड्का, शान्ति जिएमले पनि चलचित्र पत्रकार संघको अगुवाईमा रक्तदान गरेका थिए । यस्तै दार्ही ग्याङबाट प्रवेश भुषाल , विनायक रेग्मी, प्रकाश डागी, निर्मल खड्का, प्रबिन रिजाल, सुमन रिजाल, विवेक वली, बिकास कुसारी लगायतका रहेका थिए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाकाअध्यक्ष शिव पुनले रक्तदान गर्ने सबैलाई धन्यवादका साथ प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण सचीव पूर्ण केसीले गरेका थिए ।