२०७९ चैत्र ६ गते सोमवार
२०७९ चैत्र ६ गते सोमवार

‘गुल्मीका संक्रमितको मृत्यु’ भन्ने समाचार गलत : क्रिमसन अस्पताल

रूपन्देही,
७ जेठ । कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ।

बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ उनले भने, ‘केहीबेरमै अस्पतालले उहाँको अवस्थाको बारे जानकारी सार्वजनिक गर्दैछ ।’ उनले भेन्टिलेटरले सर्पोट नगरेपछि निकालिएको पनि बताए ।

अस्पताल संचालक समितिका अध्यक्ष चिन्तामणि पाण्डेले संक्रमितको अवस्था मंगलबारको जस्तै स्थीर रहेको बताए । उनले भने, ‘उपचार भइरहेको बताए । बिरामीको अवस्थाबारे आधिकारिक जानकारी दिने तयारीमा छौं ।’

बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराएका थिए । सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका थिए । उनमा जण्डिस र मृगौलामा पनि समस्या देखिएको थियो । भर्ना भएदेखि नै उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइजफङसन सिन्ड्रोम) अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचारकै क्रममा २ गते उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको खबर कान्तिपुरमा प्रकाशित छ ।