२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

महामारीमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम

दंगिशरण, 
७ जेठ । ‘रगत नालीमा होईन नाडीमा बगाउ’ भन्ने नाराका साथ नमुना युवा संसद नेपाल दंगीशरण गाउँपालिकाको आयोजना, दंगीशरण गाउँपालिका र ५ नम्बर वडा कार्यालय नन्द्रागाँउको समन्वयमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका बेला हुनसक्ने रगतको आभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम भएको हो । जनप्रतिनिधि, नेपाल प्रहरी लगायत स्थानीय युवाहरुले रक्तदान गरेका छन् ।

कोभिड १९ अर्थात कोरोना भाईरसका कारण देशमा भएको लकडाउनको यो समयमा दाङमा ब्लड अभाव भएको कारण सो कार्यक्रम युवा संसदले आयोजना गरेको युवा संसदका युवा प्रधानमन्त्री सिएम विश्वकर्माले बताएका छन । ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गर्न जिवनदान गरेको सरह हुने बिश्वास आयोजकले गरेको छ।

दाङका विभिन्न स्थानमा रगतको अभाव भैरहेको अवस्थामा, रगतको आवश्यकता रहेका बिरामीलाई सहजता मिलोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

रक्तदान दिनेहरुमा जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, ५ नम्बर वडा अध्यक्ष दिपक गौतम, अस्थायी प्रहरी कार्यालय बालापुरका प्रमुख कमल थापा, लगायतका ३० जना युवाहरुले रक्तदान दिएका थिए ।

कार्यक्रममा ५ नम्बर प्रदेश सासंद बिमला कुमारी वली, गाउँपालिका अध्यक्ष भागिराम चौधरी, लगायतको उपस्थितिमा भएको थियो। युवाहरुले बारम्बार रचनात्मक कार्यक्रम गर्दै आईरहेको देख्दा प्रदेश सांसद वलीले खुसी व्यक्त गरिन। युवा संसदले दोस्रो पटक यो कार्यक्रम आयोजना गर्दै आएको युवा शिक्षा मन्त्री प्रविण योगीले बताएका छन। साथै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम गर्न विशेष जोड गरिने उनले बताएका छन् ।

कोरोना भाईरसबाट बच्न दुरी कायम गरि, सेनिटाईजर, मास्क, ग्लब्सहरु प्रयोग गरी व्यवस्थित तवरले कार्यक्रम सम्पन्न भएको हो ।