बुटवल,
७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको मृत्यु भएको सम्बन्धि गलत समाचार प्रवाह गरिएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आपत्ति प्रकट गरेको छ ।
बुधबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसले मृत्यु नभएका व्यक्तिको मृत्यु भयो भनेर प्रदेश ५ का मन्त्रीले र मेयरले बोलेको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।
अस्पतालको आइसियु कक्षमा राखेर उपचार भइरहेका संक्रमितको मृत्यु भएको खबर बुधबार बिहान विभिन्न संचारमाध्याममा आएको थियो । त्यसपछि मध्यान्ह क्रिमसन अस्पतालले प्रेस विज्ञप्ति जारी गरेर बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिएको थियो । उपचारकै क्रममा जेठ २ गते उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
विज्ञप्ति :