२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

काफल टिप्न जानेलाई कालापोखरामा ६ घन्टा होल्ड गरिने

अर्जुन परियार, 
दाङ ७ जेठ । दाङबाट काफल खान जानेहरुको बिगबिगी हुन थालेपछी सल्यान त्रीबेणी गाउँपालिकाका युवाहरुले प्रहरी गस्तिलाई सहयोग गर्न सुरु गरेका छ्न ।

नेपालमा कोभिड १९ को संक्रमण तिब्ररुपमा बढिरहेको बेला सल्यानमा काफल खान जानेहरुको भिड लाग्न थाले पछि त्यहाँका स्थानीयहरु त्रशीत भैरहेका छन । सरकारले गरेको लकडाउनको अबज्ञा गर्दै दिनानु दिन सयौंको संख्यामा त्यस क्षेत्रमा काफल खाने निहुँमा जाने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।

सरकारले विभिन्न जिल्ला प्रवेश गर्ने नाका सिल गरेको भए पनि पछिल्लो समय दाङका विभिन्न ठाउँबाट विभिन्न नाका हुँदै काफल खाने निहुँमा हुलका हुल मान्छेहरु सल्यानमा प्रबेश गर्दा कोरोना प्रबेश गर्ने डर लागिरहेको स्थानीयहरुको गुनासोपछि ससत्र प्रहरी नायब निरीक्षक गोपाल बुढाको नेतृत्वमा ५ जना ससत्र प्रहरी र एक जना नेपाल प्रहरिले उक्त नाकामा कडाइ गर्न सुरु गरेको थियो । प्रहरीले कडाइ गर्दा पनि छलेर काफल खाने निहुँमा सल्यानका विभिन्न बस्तिहरुमा मान्छेहरु जान थालेपछि स्थानीय युवा डिल्लिराज खड्काको नेतृत्वमा २५ जना युवाको समुहले प्रहरिको गस्तिलाइ सहयोग गर्न सुरु गरेको हो ।

दाङको बबई, शान्तिनगर गाउँपालिकाका विभिन्न नाका हुँदै सल्यानको त्रिबेणि गाउँपालिका प्रबेश गर्न खोज्नेलाई पहिलो पटक ६ घण्टा होल्ड गरेर फर्काउने गरिएको ससत्र प्रहरी नायब निरीक्षक बुढाले बताए । उनका अनुसार काफल खान आउने हरुका लागि पहिलो पटक ६ घण्टा होल्ड गरेर फर्काइने दोस्रो पटक १२ घण्टा सम्म होल्ड गर्ने त्यसपछी भने नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाईने बताइएको छ ।

शसत्र प्रहरीको टोलि कालापोखराको नाकामा बसेको भए पनि युवाहरूको टोलिले त्रिबेणी गाउँपालिका छिर्ने सबै नाकामा बसेर प्रहरीलाई सहयोग गरेको निरीक्षक बुढाको भनाइ छ । उनका अनुसार युवाहरुको टोलिले जुन नाकामा काफल खाने वा अन्य बाहानामा मान्छेहरुले समूह आवत जावत गरेको भेटाउँछ, हामिलाइ खबर गर्छ । त्यस पछि हाम्रो सल्लाह अनुसार ६ घण्टा होल्ड गरेर फर्काउने गरिएको छ । निरीक्षक बुढाले अनावश्यक रुपमा आवत जावत नगर्न पनि आग्रह गरेका छन्।