२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

घोराहीबाट ५२ थान सालको अवैध चिरान काठ बरामद

हेमराज शर्मा, 
दाङ ८ जेठ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १ हेक्राम ठाटीकोटबाट ५२ थान सालको अवैध चिरान काठ बरामद गरेको छ ।

डिभिजन वन कार्यालय दाङ र सुनपुर सव डिभिजन वन कार्यालयको सम्युक्त गस्ति टोलीले स्थानीय यमबहादुर बिष्टको घरबाट केहिदिन अघी चिरान गरी राखेको ५२ थान सालको करिव ५० क्यूफिट काठ बरामद गरेको सुनपुर सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत बिष्णु लामिछानेले जानकारी दिउका छन् ।

हेक्राम ठाटीकोट गाउँमा लकडाउनका बेला अवैध ढंगल रुख काटेर काठ तस्करी हुने गरेको सूचना पाएपछि गएको वन गस्ति टोलीले बिष्टको घरमा काठ राखेको अवस्थामा फेला पारेको थियो । लकडाउनमा काठ तस्किरी गर्ने उद्देश्यले काटिएको हुन सक्ने आशंका सहायक वन अधिकृत लामिछानेको छ ।

वन गस्ति टोली पुग्दा गाउँमा रहेका युवाहरु कोहिपनि नभेटिएपछि घण्टौ लगाएर वन कार्यालयका कर्मचारी र वन रक्षकले काठ बोकेर सडक पुग्ने स्थानसम्म ल्याएको लामिछाने बताएका छन ।

घटनमा संलग्नहरुको खोजी कार्य तिव्र पारिएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले बताएका छन ।