२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

दाङका ईट्टा भट्टामा कार्यरत भारतीय मजदुर घर फर्किए

दाङ,
८ जेठ । दाङका विभिन्न ईट्टा भट्टामा काम गर्ने १ हजार भारतीय मजदुरलाई भारत पठाईएको छ । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशेष पहलमा विभिन्न निकायको सहयोगमा उनीहरुलाई घर पठाईएको हो ।

करिव दुई महिनादेखिको लकडाउनका कारण ईट्टाभट्टामा रोकिएका भारतीय नागरिकहरु समस्यामा परेपछि पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले विभिन्न निकायसँग समन्वय गरेर उनिहरुलाई घर पठाउने व्यवस्था मिलाएको बताए ।

‘करिव पाँच हजारको हाराहारीमा भारतीय नागरिकहरु दाङको ईट्टाभट्टामा काम गर्ने रहेछन् ।’ उनले भने, ‘उनीहरु समस्यामा परेको थाहा पाएपछि हामीले उनीहरुलाई घर पठाउने व्यवस्था मिलाएका छौँ ।’

लामो समय बन्द भएपछि ईट्टा भट्टामा उनीहरुलाई खान बस्न समेत समस्या रहेको थियो । भारतको रुपैडिहा, नानपारा, लख्खिनपुर लगाएतका स्थानबाट काम गर्न आएका उनीहरु बन्दमा यतै रोकिएका थिए । उनीहरुलाई बुधबार बेलुकीसम्म करिव ३० वटा भन्दा बढि गाडीमा भारत पठाईएको महासंघका अध्यक्ष प्रियासनले बताउनुभयो ।