२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

गुल्मीका संक्रमितको मृत्युप्रति प्रदेश सरकारद्वारा दुःख व्यक्त

बुटवल, 
८ जेठ । कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएपछि ५ नम्वर प्रदेश सरकारले दुःख व्यक्त गरेको छ । कोरोना संक्रमित रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालको संघन कक्षमा उपचाररत गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६ बस्ने ४१ बर्षिय पुरुषको उपचारको क्रममा विहिवार विहान निधन भएको हो ।

उनलाई अनेकौ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा दुखी भएका छौ सामाजिक विकास मन्त्री सुर्दशन बरालद्धारा जारी विज्ञप्तीमा भनिएको छ । उनको निधनले शिक्षा क्षेत्रमा अतुलनिय क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ । उनी कगें देउराली आधारभुत विद्यालयका प्रधानाध्यापक समेत थिए ।