२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

घोराहीका ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

दाङ,  
८ जेठ । दाङमा थप एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीवार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जारी गरेको विज्ञप्तिमा संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको जानकारी दिएका छन् ।

प्रतिष्ठानमा विहीवार सल्यान, रोल्पा र दाङका कुल ६९ जनाको पिसिआर विधिबाट नुमना परीक्षण गरिएकोमा एकजनामा कोरोना पुष्टि भएको देवले जानकारी दिए ।