२०७७ फाल्गुन २२ गते शनिवार
२०७७ फाल्गुन २२ गते शनिवार

माटोको ढिस्कोले पुरिएर १० वर्षीय बालकको मृत्यु

बर्दिया, 
८ जेठ । बर्दियाको ठाकुरबाबा नगरपालिक ४ सैनवारमा माटोको ढिस्कोले पुरिदा एक बालकको ज्यान गएको छ ।

घर लिप्नका लागि माटो निकाल्ने स्थानमा खेल्दै गर्दा ढिस्कोले पुरिएर सोही ठाउँका स्थानीय १० वर्षीय संगम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

ढिस्कोबाट पुरिएर १२ वर्षीय सुगन्ध थारु भने सामान्य घाइते भएका छन् ।