२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

प्रदेश ५ को नीति तथा कार्यक्रम जेठ १० गते आउने

बुटवल, 
८ जेठ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ १० गते ल्याउने भएको छ । आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १० प्रदेशसभामा प्रस्तुत गर्नका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैगरी जेठ १५ मा गणतन्त्र दिवस मनाउने र प्रदेशअन्तर्गत पर्ने तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

आइसोलेसन केन्द्रमाा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राखिनेछ । उक्त आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय भएको छ ।

यसैगरी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनको परिवारले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।