२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

भारतबाट कृष्णनगर हुँदै दाङ आएका थिए घोराहीका संक्रमित

दाङ, 
८ जेठ । दाङमा आज बिहीबार भेटिएका घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय कोरोना संक्रमित पुरुष भारतबाट आएको खुलेको छ ।

ती पुरुष जेठको ३ गते भारतको दिल्लीबाट कृष्णनगर नाका हुँदै दाङ आएको घोराही उपमहानगरपालिकाका जनस्वास्थ्य पर्वद्र्धन शाखाका कोभिड–१९ फोकल पर्सन विकेश रेग्मीले बताए ।

उनलाई घोराही उपमहानगरले स्थापना गरेको कुहिरेपानी क्वारेन्टाइनमा राखिएको थियो । उनलाई केही समयमा उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याउन तयारी भएको उनले बताए ।

उनीसंगै विहीबार १७ जनाको स्वाब परिक्षण गरिएको थियो । अन्य १६ जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो । योसंगै दाङमा संक्रमितको तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि गढवा गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको छ ।