२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै शव उठेन

रुपन्देही, 
८ जेठ । बिहीबार कोरोना भाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय शिक्षकको शव ११ घन्टा बित्दा पनि उठेको छैन।

तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएका उनका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको र क्षतिपूर्तिको माग गर्दै शव नउठाउने बताएका छन्।

मृतकका भाइले अस्पतालको लापरबाहीको कारण दाजुको मृत्यु भएको भन्दै छानबिन र क्षतिपुर्ति नदिँदासम्म अस्पतालबाट शव नउठाउने बताएका छन्।

जेठ १ गते जन्डिस, ज्वरो र रुघाखोकी देखिएपछि गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहबाट उपचारको लागि उनी अस्पताल आएका थिए।

गुल्मीको स्थानीय मेडिकल हल, स्वास्थ्य चौकी, अर्घाखाँचीको सन्धिखर्कस्थित छाँया पोलिक्लिनिक हुँदै क्रिमसन अस्पतालमा आएका उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको खबर सेतोपाटीमा प्रकाशित छ ।