२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा एक पक्राउ

तुलसीपुर, 
९ जेठ । सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर –१८ निबासी पारस खड्का रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घटनामा संलग्न सोही ठाउँका २७ बर्षका विनोद घर्ती र आषिश परियार फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । पारसले आफ्नी प्रेमिकालाई मोबाईलबाट म्यासेज पठाएर बोलाएपछि पिडित युवती बलात्कारको शिकार भएकी थिइन् ।

युवतीलाई घर्ती र परियारले बलात्कार गरेपनि पारसको मोबाईलबाट बोलाएकाले उनलाई घटनाको योजनाकार रहेको भन्दै पक्राउ गरेको हो । पारसलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।