तुलसीपुर,
९ जेठ । प्रतिनिधि सभाका सांसद हिराचन्द्र केसीले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् । सांसद केसीले आज अग्रपंक्तिमा खटिएर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन । कोरोनाको महामारीका संकटको बेलामा सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी बढी जोखिममा रहेकाले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको सांसद केसीले बताए ।
सुरक्षित तवरले आफ्नो भुमिका निर्वाह गर्न उनले आग्रह समेत गरेका थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आफ्नो व्यक्तिगत लगानीमा पिपिई, ग्लोब्स, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखा, इलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी र तुलसीपुरमा रहेको एक दर्जन मिडियालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा ईप्रका तुलसीपुरका डिएसपी हरीहरनाथ योगी, अकोर्याबका बरीष्ठ उपाध्यक्ष अर्जुन गिरी, शान्ती समाजका महासचिव शुसिल बस्नेत लगायतको सहभागिता थियो । रिपोर्टस क्लवमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमको सहजिकरण क्लवका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।
सांसद केसीले यस अघि पश्चिम क्षेत्रमा रहेका श्वास्थ्य संंस्थामा पिपिई लगायत श्वास्थ्य सुरक्षा सामग्रि हस्तान्तरण गरेको स्वकिय सचिव सन्तोष वलीले जानकारी दिए ।