२०७८ बैशाख २९ गते बुधवार
२०७८ बैशाख २९ गते बुधवार

माछा पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

कपिलवस्तु, 
९ जेठ । कपिलवस्तु नगरपालिका–११ का दुई बालकको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय करिम शेखका जुम्ल्याहा अढाई वर्षीय छोरा नतिस शेख र रेहान शेख रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै खेल्दै गर्दा घरबाट करिब ७० मिटरको दूरीमा रहेको माछा पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको कपिलवस्तु नगरपालिका–११ का वडा अध्यक्ष रामगोपाल यादवले जानकारी दिए । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा लगिएको छ ।

बिहीबार साँझ ५ बजे तिर घरबाट खेल्न निस्केका दाजुभाइ खेल्दाखेल्दै घर नजिकैको पोखरीमा डुबेर मृत अवस्थामा फेल परेका थिए । पोखरीमा डुबेर पानीमा तैरिएको अवस्थामा उनीहरुको शव देखेपछि छिमेकी बालबालिकाले परिवारलाई जनकारी गराएका थिए ।

पोखरीमा एक भाइ डुबेपछि अर्को भाइ बचाउन जाँदा दुवै दाजुभाइको डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।