शान्तिनगर,
९ जेठ । दाङको शान्तिनगर गाउँपालिकाले १० वेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बिहीबारदेखि वडा नं २ को जनकल्याण माविमा १० वेडको आइसोलेसन वेड सञ्चालनमा ल्याएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिए ।
गाउँपालिकाले जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले आफ्ना सातवटै वडाहरूमा क्वारेन्टन्टाइन पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक वडामा २० वेडको क्वारेन्टन्टाइन सञ्चालनमा ल्याउने तयारी गरेको संयोजक पुनले बताए ।