२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

राप्ती लाईफको नर्सिङ कलेजमा ५० बेडको क्वारेन्टिन सञ्चालन

तुलसीपुर,
९ जेठ । दाङ तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्पिटलद्वारा सञ्चालित नर्सिङ तथा एचए कलेजमा ५० बेडको क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । प्रबन्धक जीवन भण्डारीका अनुसार हस्पिटलले तुलसीपुर ६ मोतिपुरमा सञ्चालित कलेजको भवन क्वारेन्टिन सञ्चालनकालागि उपमहानगरपालिकालाई उपलब्ध गराएको हो ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तिब्र रुपमा बढिरहेको भन्दै यसलाई नियन्त्रण तथा रोकथामकालागि सहयोगी बन्न आफुहरुले उयपमहानगरपालिकालाई सहयोग गरेको उनको भनाई थियो ।

अहिले दाङका नागरिकलाई भारतबाट पनि ल्याउन लागिएको भन्दै अहिले स्थानीय सरकारले सञ्चालनमा ल्याएका क्वारेन्टिन अपुग हुने देखिएपछि थप गर्ने कार्य भईरहेको छ । हस्पिटलले कोरोनासंग सिर्जित समस्या समाधानमा जनतासंग रोग मात्रै नभई भोग मेटाउन पनि प्रयत्न गर्दै आएको छ । यस अघि हस्पिटलले दाङको तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा खाद्यान्न सहयोग गरेको थियो । हस्पिटलले अहिले कोरोनाको त्रासकाबीच पनि उपचार सेवालाई प्रभाबकारी ढंगले अगाडि बढाएको छ ।