२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

महिला सामुदायिक लघुवित्तद्वारा ६० हजारको खाद्यान्न वितरण

देविराम कुसारी,
दाङ ९ वैशाख । महिला सामुदायिक लघुवित्त बित्तीय संस्था लिमिटेड घोराही दाङले विपन्न परिवारका समुदायलाई करिव ६० हजार वरावरको खाद्यान्न वितरण गरेको छ ।

विश्वब्यापी रुपमा फैलियको कोभिड—१९ तथा कोरोना भाइरसका कारण भएको लकडाउनबाट समुदायले भोग्नु पारेको समस्या कम गर्ने उदेश्यका साथ संस्थाले दोश्रो चरणको सहयोग कार्यक्रम अन्तरगत यो सहयोग प्रदान गरिएको प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिएका छन् । प्युठान र दाङका स्थानिय तहवाट पहिलो चरणको राहत वितरण सुरु गरेको संस्थाले दोश्रो चरण अन्तरगत सल्यान र रोल्पामा राहात प्रदान गरिरहेको छ ।

दोश्रो चरण अन्तरगत संस्थाले सल्यानका शारदा र बाघचौर नगरपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका र दाङको घोराही उपमहानगरपलिकालाई सहयोग प्रदान गरिसकेको संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिए । यहीँ दोश्रो चरणको कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिकाको समन्वयमा वडा नम्वर १४ को भवानी टोलका विपन्न परिवारलाई चामल, दाल, नुन वितरण गरिएको छ ।

संस्थाका सदस्य शुष्मा गौतमको अध्यक्षता तथा जनप्रतिनिधि केबव गिरीको प्रमुख आथित्यमा सो सामाग्री वितरण गरिएको संस्थाका वरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले जानकारी दिएका छन् । घोराही १५ वडा अध्यक्ष रमेश कुमार पाण्डे र १४ का वडा अध्यक्ष रविलाल घर्तीको समन्वयमा परिवारको सदस्य संख्याको आधारमा राहात वितरण गरिएको हो । कार्यक्रममा ५ जनाको परिवारलाई २५ किलो चामल, एक किलो दाल र एक किलो नुन प्रदान गरिएको थियो ।

सो अवसरमा पाँच जना भन्दा सनो पजिारलाई प्रति व्यक्ति पाँच किलो चामल र प्रति परिवारलाई एक किलो नुन र एक किलो दालका दरले ६५ परिवारलाई राहात वितरण गरिएको थियो ।
यसै गरि अन्य स्थानिय निकायसगँ समन्वय गरी आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जानकारी दिएकी छन् ।