२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

बाँकेका २१ जना संक्रमितहरु निको भएर घर फर्के

नेपालगन्ज, 
९ जेठ । बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई आज डिस्चार्ज गरिएको छ । देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किन लागेका हुन् ।

खजुरा स्थित क्यान्सर अस्पतालमा उपचाररत बाँके नेपालगन्जका २१ जना कोरोना संक्रमितहरु निको भएपछि एकैपटक डिस्चार्ज गरिएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको आइसोलेसनमा उपचारार्थ रहेका ६० वर्षीय मोअज्जीन सहित २१ जना संक्रमितहरुले कोरोनालाई पराजित गरि घर फर्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

खजुरामामात्र बाँके र बर्दियाका २८ जना उपचारार्थ भर्ना छन् । उनिहरुलाई २० दिन आइसोलेसनमा राखिएको थियो ।

यो सँगै कोरोना जित्नेको संख्या ७० पुगेको छ।