२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

क्वारेन्टाइन राख्न खोज्दा घोराहीका स्थानीय लाठी बोकेर सडकमा

दाङ, 
९ जेठ । कोरोनाको जोखिममा रहेकालाई राख्न क्वारेन्टाइन बनाउने क्रममा घोराही उपमहानगरपालिका–१४ मा स्थानीयले विरोध गरेका छन् ।

कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात मावि लगायतका ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा सबैतिर विरोध भएपछि अझैसम्म क्वारेन्टाइन बन्न सकेको छैन ।

घना बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै विरोधमा स्थानीय लाठी बोकेर सडकमा निस्कने गरेका छन् । उनीहरुले घना बस्ती नभएको ठाउँमा राख्न माग गरेका छन् । घोराही–१४ मुख्य बजार क्षेत्रमा पर्छ ।

बजारको बीचमा भयो भनेर केही व्यक्तिहरुले विरोध गरिरहेको घोराही १४ का अध्यक्ष एवं घोराही उपमहानगर विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।