काठमाडौं,
९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।
थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक/एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।
उनीहरूको सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो।