काठमाडौं,
९ जेठ । रुपन्देही र बारामा गरी थप १३ जना कोरोना संक्रमित फेला परेका छन् ।
बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।
त्यसैगरी रुपन्देहीमा शुक्रबार साँझ ७ जना थप कोरोना संक्रमित फेला परेका छन्।
जिल्लाको गैडहवा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बस्ने सात जनामा कोरोना संक्रमण भेटिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख राजेन्द्र गिरीले जानकारी दिए।
यद्यपि, स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी नै छ। शुक्रबार संक्रमण पुष्टि भएका सबै सातै जना पुरुष हुन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख गिरीका अनुसार उनीहरू ३ देखि ४० वर्षका छन्। उनका अनुसार सबैजना भारतबाट हालै नेपाल आएकाहरू हुन्। उनीहरू सबै क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा नै रहेको उनले बताए।
योसँगै रुपन्देहीमा २९ जना संक्रमित रहेकोमा नयाँ थपिएपछि संक्रमितको संख्या ३६ पुगेको छ।