२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुग्यो

काठमाडौं, 
१० जेठ । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जना, बाराको करैयामाई गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका(६ र काठमाडौं जिल्लामा पनि एकरएक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।