२०७८ साउन २२ गते शुक्रवार
२०७८ साउन २२ गते शुक्रवार

संक्रमितलाई नेपालगन्ज ल्याउन खोज्दा स्थानीयको अवरोध

नेपालगन्ज, 
१० जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका १३ जनालाई नेपालगन्ज ल्याउँदा स्थानीयले अवरोध गरेका छन् । स्थानीयले गरेको अवरोधका बीच एक जना संक्रमित भागेका थिए । उनलाई शनिबार नियन्त्रणमा लिएर नेपालगन्ज ल्याइँदैछ ।

प्रहरीसहितको एम्बुलेन्सलाई बाटोमै अवरोध गरिँदा नरैनापुर गाउँपालिका वडा नं। ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शंकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भागेका थिए ।

नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार भिडलाई थेग्न नसकेपछि सुरक्षाकर्मीसहितको एम्बलेन्सको टिमले श्रक्रबार १२ बजे १२ जनालाई लिएर फर्किएको थियो । एक जना संक्रमित गाउँमै लुकेर बसेको मिश्रले जानकारी दिए ।

भागेका एक जनालाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयमा प्रवत्ता तथा डीएसपी शिवबहादुर सिंहले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।