२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

गाउँपालिका अध्यक्षद्वारा वडा अध्यक्षमाथि कुटपिट

रोल्पा,
१० जेठ । रोल्पाको सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको ४ नम्वर वडाध्यक्ष गञ्जबहादुर क्षत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमा कुटेको खुल्न आएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि जेठ ९ गते बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडाध्यक्ष क्षत्रीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष क्षत्रिले आफ्नो वडामा रहेका बैंकहरुलाई सोमबार र बिहीबार खोल्ने निर्णय वडाबाट गराएका थिए । तर, कार्यपालिकाको बैठकमा वडाको कुनै पनि निर्णय आफुलाई अमान्य हुने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिके र आफुमाथि कुटपिट गरेको वडाअध्यक्ष क्षत्रीको आरोप छ ।

कार्यपालिकाका एक सदस्यको भनाई अनुसार गाउँपालिका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द प्रयोग गरी हातपात गरेको उनले बताएका छन् । कुटपिटबाट वडाध्यक्ष क्षत्रीको शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ । क्षत्रीले गाउँपालिका अध्यक्षलाई कारवाही गर्नको लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत दिएका छन् ।

गाउँपालिका अध्यक्ष घर्ती तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन । कुटाइ खाने वडा अध्यक्ष भने नेपाली काँग्रेसवाट निर्वाचित भएका हुन ।