२०७७ कार्तिक १५ गते शनिवार
२०७७ कार्तिक १५ गते शनिवार

सीमामा अलपत्र वडावासीको उद्दारमा खटिएका वडा अध्यक्षलाई कारोना संक्रमण

कपिलवस्तु, 
१० जेठ । लकडाउनमा अलपत्र परेका वडावासीको उद्दारमा खटिएका वाणगंगा नगरपालिकाका एक वडा अध्यक्ष नै कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार कपिलवस्तु जिल्लाका ८ जना कोरोना संक्रमितमध्ये १ जना वडा अध्यक्ष र १ जना संचारकर्मी रहेका छन् । योसंगै जिल्लामा कुल ७७ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

संक्रमित वडा अध्यक्ष भारतका विभिन्न शहरबाट घर फर्कंदा सीमा क्षेत्रमा अलपत्र परेका वडावासीलाई वडामा ल्याइ क्वारेन्टाइनमा राख्न सक्रिय भइ लागेका थिए । कोरोना संक्रमणविरुद्ध कडा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू संक्रमित भएको र आफूले उच्च मनोवल लिएर कोरोनासँग लड्ने वडा अध्यक्षले बताए । अबका केही दिन मोवाइल तथा इन्टरनेट सेवामार्फत् आइसोलेसन वार्डबाटै भए पनि वडावासी तथा समग्र नगरवासीको सहयोगमा सक्रिय भइ लाग्ने वडा अध्यक्षले बताए ।

संक्रमित वडा अध्यक्ष नगरपालिकाका अन्य कामहरुमा सहभागी भएका, नगरपालिका र वडाका विभिन्न बैठक तथा भेटघाटमा सहभागी भएका कारण उनी मार्फत् नगर क्षेत्रका अन्यमा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको बताइएको छ । वडा अध्यक्ष हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनको अवस्थामा सामान्य रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।